#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व553020134719228643042318705
नेपाल6824566112

ज्योति ग्रुपले सुरु गर्यो, छुट्टै हेल्प लाइन सेन्टर

चर्चित ब्यवसायी घराना ज्योति ग्रुपले ‘कोरोना हेल्प लाईन सेन्टर’ स्थापना गरेको छ । कोेरोना भाईरस अर्थात कोभिड १९ ले गर्दा उत्पन्न महामारीको समयमा आवश्यक सहयोग एवं जानकारी दिने उद्धेश्यले होण्डा नेपाल र नेपाल मेडिकल एसोसिएसनको संयुक्त सहकार्यमा ‘कोरोना हेल्प लाईन सेन्टर’ स्थापना गरिएको ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले जनाएका छन् ।

‘यदि तपाईं वा तपाईंको परिवार र छिमेकीमा कोरोना सम्बन्धि कुनै लक्षण देखिएमा वा शंका लागेमा वा जानकारी चाहिएमा तुरुन्त हेल्प लाईनमा फोन गरौं र डाक्टरको सल्लाह लियौं’- ज्योति ग्रुपले सार्वजनिक गरेको अपिलमा भनिएको छ । यसकालागि उनले ०१ ५९७०००९ नं समेत सार्वजनिक गरेका छन् । यो हेल्प सेन्टर सवै प्रदेशहरुमा रहेको पनि उनले जनाएका छन् ।

यस हेल्प लाइनमा जुन स्थानवाट फोन गर्यो, सोही स्थानमा रहेका विज्ञ डाक्टरहरुले सहयोग गर्नेछन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार