डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक [भिडियाे]

डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक [भिडियाे]


गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत भिडियो 'तिम्रो याद' सार्वजनिक भएको छ । आज नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ ।

गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन् भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन् । भिडियाेकाे निर्देशन भने निर्देशक सान थापाले गरेका हुन् । 

बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियाेमा मोडल बिकास लामिछाने र समारिका ढकालले अभिनय गरेका छन् । भिडियाेलाई न्याय दिन लामिछाने र ढकालले भरपुर मेहेनत गरेका छन् । यी दुईको जोडी भिडियाेमा उत्तिकै जमेको छ।

गायक पाण्डे अमेरिकामा बस्छन् । नेपालमै जन्म लिई हुर्की डाक्टर बनेका पाण्डे हाल अमेरिकामै कार्यरत छन् । अमेरिका बसे तापनि उनीमा नेपालीपन, नेपाल र नेपाली संगीतप्रतिको माया भने कहिले फिक्का भएन । फलतः उनले 'तिम्रो याद' बजारमा ल्याएका हुन् ।

 

Logo