#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1467224853741065617316233
नेपाल9081

क्रिकेटर सन्दिप लामिछानेले कोरोनाविरुद्ध कोषमा १ लाख सहयोग गर्ने

काठमाडौँ ।

कोरोना भाइरससँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारलाई १ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् । उनले फेसबुक मार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सो सहयोग गर्ने घोषणा गरेका हुन्।

‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ।’

लामिछानेले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन र सकेको सहयोग गर्न पनि आग्रह गरेका छन्।

सम्बन्धित समाचारहरु

ताजा समाचार