#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626375837387230431732846713
नेपाल157281344220

कविताः कोरोना, काल र कात्रो

सकारात्मक सोच्न थाले
कोभिडलाई नो–भिड बुझिन्छ
कोरोनालाई करुणा सुनिन्छ

हेल्थलाई वेल्थ सुनिन्छ
लक डाउनलाई लोक डाउन बुझिन्छ

स्यानीटाईजर छैन ?
ठूलीटाईजर (सावुनपानी) त छ नी !

क्वारेन्टाईन टाईमलाई
क्वालिटी टाईम बुझिन्छ

आईसोलेशनलाई
माई सोलुसन सुनिन्छ

स्वास्थ्यकर्मीलाई सेवाधर्मी बुझिन्छ
डाक्टरलाई भगवान सुनिन्छ

इम्युनिटी पावरलाई
युनिटी पावर बुझिन्छ

भाइरसलाई भिषा चाहिँदैन
कोरोनालाई निषा चाहिँदैन

तितो सत्य के हो भने
कात्रोमा गोजी हुँदैन
पात्रोमा काल लेखिदैन

कोरोना कहरवाट बँच्न
लकडाउनको ‘कोरा’ मा बस्नु पर्नेहरुले
उल्लंघन गर्दै कोकोहोला गर्नेहरुलाई
कोर्रा हान्नु पर्ने बुझिन्छ ।

प्रकाशचन्द्र परियार
वुद्धनगर, एकान्तवास
२०७६ चैत १३, काठमाडौं

 

प्रिय जनस्वास्थ्यकर्मी,
सञ्चारकर्मी,
सुरक्षाकर्मी,
सरसफाईकर्मी,
दुध, औषधि, पानी,
तरकारी ढुवानीमा खटिएका चालकहरु,
एम्वुलेन्स, शववाहनका चालकहरु
लकडाउनको प्रतिकुल अवस्थामा जोखिम मोल्दै
अहोरात्र तपाईहरुले गर्नु भएको अनमोल योगदान प्रशंसनीय,
र, नमनीय छ
कृपया तपाईहरु पनि
उच्च सतर्कताका साथ कार्यथलोमा होमिनु होला
कोरोना विरुद्ध सचेत रहनु होला ।

हामी पनि लकडाउनलाई
शिरोपर गरेर बसिरहेका छौँ ।
तपाँईको सतर्कता सहितको क्रियाशीलता
सामान्य पेशागत कुरा मात्रै होईन
विशिष्ट सेवा हो ।
यो लक डाउनले
रचनात्मक कुरालाई झन राम्रो बनाउँदै लगेको छ ।
र, त हामी कोरोना भन्दा करुणा जगाउँछौ ।
यतिवेला लक डाउनको
‘कोरोना विरुद्धको कोरा’ मा बसेर होला
कि, म त कोरोना विरुद्धका सेरोफेरोलाई
सकारात्मक हेर्न, बुझ्न र सोच्न थालेको छु ।

त्यसकै एउटा उपज हो है
यो मेरो कवितात्मक टिप्पणी

सम्बन्धित समाचारहरु

ताजा समाचार