सानिमा बैंकद्वारा दराजसँग सहकार्यः ‘दराज ११.११’ योजनामा विशेष छुट

सानिमा बैंकद्वारा दराजसँग सहकार्यः ‘दराज ११.११’ योजनामा विशेष छुट


सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम्  २,००० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम्  २,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागिग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने छ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ता बन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०८० कार्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।

Logo