आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० कात्तिक २३ गते बिहीबार। ९ नोभेम्बर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग पनि मिल्नेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज शुभ कार्यको चर्चा चल्नेछ । आफन्तबाट साथ र सहयोग पाइनेछ । भ्रमणको योजनाहरू बन्नेछन् , तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । कामको गति पनि सुस्त हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र वैदेशिक कार्यबाट राम्रो प्रतिफल मिल्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्छ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर अधुरो वैदेशिक क्षेत्रको कार्यहरू भने अघि बढ्नेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

Logo