स्वास्थ्य मन्त्री बस्नेतले भेटे टिचिङमा उपचाररत भूकम्पका घाइतेहरुलाई

स्वास्थ्य मन्त्री बस्नेतले भेटे टिचिङमा उपचाररत भूकम्पका घाइतेहरुलाई


पश्चिम नेपालमा गएको विनासकारी भूकम्पमा परि गम्भीर घाइते भएका १० उपचाररत बिरामीलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। मन्त्री बस्नेतले हिजो उपचाररत १० जना घाइतेसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याईएको थियो। उपचाररत घाइतेमध्ये एक जनाको सल्यक्रिया भइसकेको,एक जनालाई आईसियूमा राखेर उपचार गरिरहेको र बाँकी आठजनाको पनि उपचार अस्पतालले जनाएको छ।

मन्त्री बस्नेतले आईसियूमा उपचाररत घाइते र उनका आफन्तसँग भेटेर उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले चिकित्सकलाई उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको बस्नेतको सचिवालयले जनाएको छ। सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय यसअघि नै गरिसकेको छ। 

Logo