एन्फाको विशेष साधारणसभा आज, अध्यक्षको बर्खास्तगी सभाको मुख्य एजेण्डा

एन्फाको विशेष साधारणसभा आज, अध्यक्षको बर्खास्तगी सभाको मुख्य एजेण्डा


अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आजदेखि  हेटौंडामा सुरु हुँदैछ। एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तगी विशेष साधारण सभाको मुख्य एजेन्डा रहेको जनाइएको छ। 

नेम्वाङले नेतृत्व गरेको टिमले काम गर्न नसकेको आरोप लगाउँदै नेम्वाङसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तगीको माग गर्दै निवेदन दर्ता गरेका थिए।

उनीहरुले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित पदबाट निष्काशनको माग गरेका छन्। तर अध्यक्ष नेम्वाङले आफू बर्खास्तगीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन्।  विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तगीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका छुन्।

नेम्वाङको बर्खास्तगीको विषयमा आजै विशेष साधारण सभामा मतदान हुनेछ। एन्फाको कूल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार छ। एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाई अर्थात कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ।

Logo