केनको दुई गोलमा बायर्न विजयी

केनको दुई गोलमा बायर्न विजयी


बायर्न म्युनिखले टर्किस क्लब गालाटासारेलाई पराजित गरेको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह ए को खेलमा बायर्न म्युनिखले गालाटासारेलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बायर्न म्युनिखको जितमा ह्यारी केनले दुवै गोल गरेका थिए। केनले खेलको ८० र ८६औँ मिनेटमा गोल गरेका थिए। त्यसैगरी कहल्को इन्जुरी समयको ९३औँ मिनेटमा गालाटासारेका लागि सेडिक बकम्बुले गोल गरेका थिए।

समुह ए मा रहेको बायर्न म्युनिखको यो लगातार चौथो जित हो।  ४ खेलमा १२ अंक रहेको बायर्न समुहमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै गालाटासारेको भने यो समुहमा दोस्रो हार हो। ४ खेलमा ४ अंक रहेको गालाटासारे समुहमा तेस्रो स्थानमा रहेको छ।

Logo