बैंक सिइओहरुलाई नेपाली जलविद्युतमा लगानी गर्न अर्थमन्ती महतकाे आग्रह

बैंक सिइओहरुलाई नेपाली जलविद्युतमा लगानी गर्न अर्थमन्ती महतकाे आग्रह


अर्थमन्त्री डा.प्रकाशशरण महतले एसियाली बैंकहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

नेपाल बैंकर एशोसियनले काठमाडौँमा आयोजना गरेको एसियन बैंकर एसोसिएशनको ३९औँ एबीए कन्फ्रेन्सको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले उक्त आग्रह गरेका हुन।

समारोहमा बोल्दै महतले भने,‘नेपाली जलविद्युतमा नेपाली निजी लगानीकर्ताका साथै एडीबी, वल्ड्बैक, लगाएत अन्य विदेशी कम्पनीहरुले समेत लगानी गरिरहेकोले यो क्षेत्र लागानीका लागि सुरक्षीत रहेको छ। त्यसैले, तपाईंहरुले समेत ढुक्कसँग लगानी गर्नुस्।’ अहिलेको विश्वब्यापी आवश्यकता भनेकै हरित उर्जाको भएको बताए।

‘नेपालसँग प्रशस्त मात्रामा विद्युत उत्पादनको अवसर छ, तेस्तै भारतले १० हजार मेघावाटको बजार समेत सुनिस्चित गरिदिएको छ, त्यसैले यो समय भनेको नेपाली जलविद्युतमा लगानी गर्ने उत्तम समय र सहि अवसर हो। त्यसैले म तपाईं बैंकरहरुसँग आग्रह गर्छु कि नेपाली जलविद्युतमा लगानी गर्नुस।’

एसोसिएशनको बैंकिङ कन्फ्रेन्स कर्तिक २३ र २४ गते दुई दिनसम्म चल्ने छ । भने यो कन्फ्रेन्समा २७ देशका ७० भन्दा धेरै बैंकका सिइओहरुको सहभागिता रहेको छ।

Logo