राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छः मन्त्री किराती

राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छः मन्त्री किराती


संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राज्यले निजी क्षेत्रलाई दपेट्ने निति बदल्नुपर्ने बताएका छन्। बिहीबार बिहान नक्सालस्थित होटेल होलिडे इन एक्प्रेसको उद्घाटनमा मन्त्री किरातीले यस्तो बताएका हुन्।

उनले राज्यका तिन खम्वे अर्थ निति भएपनि निजी क्षेत्रलाई लगानी गर्न सहज वातावरण भने व्यवहारमा नरहेको बताए। राज्यको अर्थतन्त्र जटिल बन्दै गइरहेको बेला निजि क्षेत्रलाई लगानी गरेर रोजगार तथा आर्थिक समृद्धी हासिल गर्नुपर्नेमा मन्त्री किरातीको जोड रहेको थियाे।

त्यस्तै निजी क्षेत्रले पनि नेपाली श्रम र संस्कृतिसँगै प्रकृतिको समायोजन गरेर नेपाली पनको रोजगार सृजना गर्ने गरी लगानी गर्नुपर्ने बताए। नेपाली पनको पर्यटनले मात्र समृद्धी हासिल गर्न सकिने मन्त्री किरातीकाे भनाइ रहेकाे थियाे । 

Logo