नेता न्याहुले भने- ‘गाजामा शासन गर्न चाहेकाे छैन’

नेता न्याहुले भने- ‘गाजामा शासन गर्न चाहेकाे छैन’


गाजामा शासन गर्न नचाहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले जनाएका छन्।

इजरायलका प्रधानमन्त्री नेता न्याहुको यो टिप्पणी केही दिनपछि आएको छ,जहाँ उनले युद्ध समाप्त भएपछि इजरायलले प्यालेस्टिनी एन्क्लेभमा ‘अनिश्चित अवधि’ को लागि सुरक्षा नियन्त्रण लिन सक्ने सुझाव दिएको जनाएका थिए। 

अमेरिकामा बिहीबार साँझ प्रसारित फक्स न्युजसँगको अन्तर्वार्तामा नेता न्याहुले इजरायली सेनाले हमासको उन्मूलन नभएसम्म गाजामा आफ्नो आक्रमण जारी राख्नेसमेत बताएका छन्।

‘यसलाई कसैले रोक्न सक्दैन,’ उनले भने। यसैगरी, गाजामा बन्दीहरूलाई रिहा नगरेसम्म इजरायल युद्धविराममा सहमत नहुने नेता न्याहुले पनि दोहोर्‍याएका छन्। 

Logo