#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605602136730530071472681569
नेपाल140161176219

नेपाली विद्यार्थीलाई राहतमा समेट्न पाँच शैक्षिक परामर्श संगठनको आग्रह

 

नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायी संस्थाहरुका ५ वटा छाता संगठनहरुले उच्च शिक्षाका लागि अष्ट्रेलियामा रहेका हजारौं विद्यार्थीलाई त्यहाँको सरकारी राहत कार्यक्रममा समेट्न र आपतमा रहेकाहरुलाई सहयोग गर्न अष्ट्रेलियाली सरकारलाई आग्रह गरेका छन् ।

शैक्षिक परामर्श व्यवसायीका छाता संगठनहरु इक्यान, आइरिन, फेकन, नायर र एक्काले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै अष्ट्रेलियामा संकटमा परेका विद्यार्थीहरुको बारेमा बोलेका हुन् । कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुमा परेको आर्थिक संकटवारे विशेष ध्यान दिन उनीहरुको आग्रह छ । ती संस्थाहरुले अष्ट्रेलिया सरकार, भारतस्थित अष्ट्रेलियाली महावाणिज्यदूत र अष्ट्रेलियास्थित नेपाली दूतावासलाई पत्राचार गर्दै कोरोना महामारीका कारण रोजगारी गुमाएका विद्यार्थीलाई आर्थिक रुपमा सहयोग गर्न अपिल गरेका हुन् ।

यी संस्थाले अवस्था हेरेर जारी यो शैक्षिक सत्रको शतप्रतिशत शुल्क मिनाहा गर्ने देखि नेपाल नै फर्किएर यहिं पढ्न चाहने विद्यार्थीका लागि सहजिकरणको वातावरण बनाउन आग्रह गरेका छन् । त्यस्तै अष्ट्रेलियामै बस्न चाहने विद्यार्थीका लागि अर्को वर्षको शुल्क घटाउन अथवा पूर्ण छात्रवृत्ति मिलाइदिन अनुरोध गरेका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला सबैतिरको अर्थतन्त्र थलिएको छ । यसबाट नेपाली विद्यार्थीहरुको मुख्य गन्तब्य रहंदै आएको अष्ट्रेलिया पनि पूर्णरुपमा प्रभावित छ ।

अष्ट्रेलियामा अनुमानित ६३ हजारको संख्यामा उच्च श्क्षिका लागि नेपाली विद्यार्थी रहेका छन् । नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया विश्वकै तेस्रो ठूलो गन्तब्य समेत हो । त्यसैले अष्ट्रेलियालाई प्रतिनिधित्व गर्ने नेपाली कन्सल्ट्यान्सीको संस्थारुले यस्तो आग्रह गरेका हुन् ।

सम्बन्धित समाचारहरु