पाकिस्तानमाथि इङ्ल्याण्डको ९३ रनको जित

पाकिस्तानमाथि इङ्ल्याण्डको ९३ रनको जित


इङ्ल्याण्डले पाकिस्तानलाई पराजित गरेको छ । जारी क्रिकेट विश्वकपको लिग चरणको खेलको अन्तिम खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो ।

इङ्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३.३ ओभरमा अल आउट हुदै २४४ रन मात्र बनाएको थियो । यसअघि इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३३७ रन बनाएको थियो ।

योसँगै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ । पाकिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित र ५ हार बेहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहदै विश्वकपको यात्रा टुंगिएको छ ।

त्यस्तै इङ्ल्याण्डले यस विश्वकपमा ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर सातौं स्थानमा रहदै विश्वकप सकेको छ । इङ्ल्याण्ड सेमिफाइनलमा पुग्न नसके पनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भने आफ्नो स्थान सुरक्षित गरेको छ ।

Logo