११५औँ महाकवि देवकोटा जयन्ती कार्यक्रम सम्पन्न

११५औँ महाकवि देवकोटा जयन्ती कार्यक्रम सम्पन्न


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । छहरा साहित्य समाज, धापासीद्वारा ह्वाइट माउन्टेन स्कुल टोखा–६ काठमाडौंमा आयोजित एक कार्यक्रममा महाकवि देवकोटासम्बन्धी चर्चा, रचना पाठ तथा कविता वाचन गर्दै सम्पन्न भएको हो ।  

साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा समाजका सचिव भोला प्रेमीले कार्यक्रम सञ्चालन गरेका थिए भने कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा समालोचक प्रा. गङ्गाधर कट्टेलबाट देवकोटाबारे समीक्षात्मक प्रस्तुती भएको थियो भने प्रा. नारायणप्रसाद कट्टेल, भोला प्रेमी, तिलक शर्मा पौडेल तथा शुभम् श्रेष्ठले देवकोटासम्बन्धी प्रवचन गरेका थिए । त्यसैगरी प्रा. नारायण प्रसाद कट्टेल, तोया गौतम, आनन्द पौड्याल, भोला प्रेमी आदि कविहरुले कवितासमेत वाचन गरेका थिए । 

अन्त्यमा, समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले धन्यवाद ज्ञापन गरी कार्यक्रमको समापन गरेका थिए । 

Logo