#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व606058336742730084802684676
नेपाल140161176219

नेपालमा कोरोना संक्रमितको संख्या पाँच : निधन हुने नेपालीमा सबै विदेश बस्ने

  • सरोज बस्याल
    काठमाडौं ।

छिमेकी मुलुक चीनको हुबेइ प्रान्तको वुहान शहरबाट देखा परेको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी रुपमा फैलिँइसकेको छ । अहिले विश्वका १९९ देशमा यसको संक्रमण देखिइसकेको छ । विश्व स्वास्थ्य संघठनले सार्वजनिक गरेकोे पछिल्लो तथ्याङ्क अनुसार संंसारभरि ६ लाख १४ हजार ४ सय ४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित व्यक्तिहरू मध्ये १ लाख ३७ हजार ३ सय २९ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै २८ हजार २ सय ४२ जनाले यस भाइरसबाट ज्यान गुमाइ सकेका छन् ।

कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’ को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरीसकेको छ । सुरुमा चीनमा भयावह स्थितीको रुपमा फैलिएको यो भाइरसले अहिले भने इटाली र स्पेनमा तीव्र गतिमा क्षति पुर्याउँदै आएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेको छैन ।

नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शनिबारसम्ममा पाँच पुगेको छ । शनिबार थप एक जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँँच पुगेको हो ।

केही समय पहिले चीनमा अध्ययनरत एक विद्यार्थी विदा मनाउँन नेपाल आउँदा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार पछि उनी पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । त्यस्तै गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षे युवतीमा पनि कोरोना पोजेटिभ देखिएको पुष्टि भएको थियो । अहिले उनको र अन्य एक जना कतारबाट नेपाल आएका पुरुषको शुक्रराज अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै शुक्रबार एक जना ३४ वर्षे नेपाली पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । उनी गत चैत्र ११ गते कतारबाट नेपाल आएका थिए । उनको अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । त्यस्तैगरी शनिबार थप एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा बागलुङकी १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ भेटिएको हो । उनी बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ उडानबाट यही चैत ४ गते नेपाल आएकी थिइन् । उनको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा बस्ने कोही पनि नेपालीको निधन नभए पनि विदेशी मुलुकमा बस्दै आएका नेपालीको भने निधन भएको छ । अहिलेसम्मको जानकारी अनुसार तीन जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ । जसमा बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो । बेलायतमा बस्दै आएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका राईको गत मंगलबार मृत्यु भएको थियो ।

त्यस्तै अमेरिकामा बस्दै आएका एक नेपालीको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ज्वरो आएपछि अस्पताल भर्ना भएका ५० वर्षीय पुरुषको एल्महर्स्ट अस्पतालमा मृत्यु भएको थियो । उनको नाम रमेश सम्फाहाम्फे हो । उनको नेपालमा घर पाँचथर हो । उनको चैत ११ गते निधन भएको थियो । त्यस्तै गरी कोरोना भाइरसका कारण लण्डनमा बस्दै आएका अर्का एक नेपालीको मृत्यु भएको छ । साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार बिहान निधन भएको जनाइएको छ । उनको रिपोर्टमा कोरोना संक्रमण देखिएको जनाइएको छ । बुधबार अस्पतालले मृतकको परिवारलाई सम्पर्क गरेर उनलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएको मृतक अर्यालको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचारहरु