#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605231536728830096582675369
नेपाल140161176219

सरकारी निर्णयको पूर्ण पालना गर्न अनुरोध

कैलाली ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयले प्रदेशवासीलाई पूर्णरुपमा सरकारी निर्णयको पालना गर्न अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले गरेको ‘लकडाउन’ को पालना गर्न सम्पूर्ण प्रदेशवासीमा अनुरोध गरिएको नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता डा. रणबहादुर रावलद्धारा शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उल्लेख गरिएको छ ।

यस संवेदनशिल घडिमा सबैले सुरक्षित रहन सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन सम्पूर्ण राजनीतिक दल, स्थानीय प्रशासन र राष्ट्रसेवक, सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाईटी, व्यापारीलगायतका सामाजिक संघसंस्थासँग हार्दिक अपिल गरिएको छ ।

साथै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज, न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा, शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरेर योजना र कार्यक्रम तत्काल निर्माण गर्न प्रदेश सरकारसँग विज्ञप्तिमा माग गरिएको छ ।–रासस

सम्बन्धित समाचारहरु