राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट तिहारको टीका लगाउने

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट तिहारको टीका लगाउने


राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन्।

राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका र आर्शिवाद लिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ। भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ।

Logo