नेपाली पर्वहरूलाई प्रकृति र संस्कृतिको समायोजनबाट विकास गर्नुपर्छः मन्त्री किराती

नेपाली पर्वहरूलाई प्रकृति र संस्कृतिको समायोजनबाट विकास गर्नुपर्छः मन्त्री किराती


संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली पर्वहरूलाई विश्वस्तरमा चिनाउन प्रकृति र संस्कृतिको समायोजनबाट विकास गर्नु आवश्यक रहेको बताएका छन्।

आज भक्तपुरमा नेपाल संवत् ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले बताएका हुन्।

उनले नेपालमा मनाइने जात्राहरूलाई महोत्सवको रूपमा सञ्चलन गरी विश्वबाट पर्यटकहरू आकर्शित गराउन पर्ने बताए। उनले आजको पर्यटन नेपालीमैत्री हुनुपर्ने बताएका हुन्।

उनले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको भएमा नेपालको छुट्टै पहिचान विश्व स्तरमा रहेने समेत उल्लेख गरे।

Skip This
Logo