#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
कोरोना भाइरस (कोभिड १९) को महामारीसँगै सरकारले घोषणा गरेको लकडाउनका कारण दिनेश रमौलीको मोबाइल पसल एकसातादेखि बन्द छ । पसल बन्द भएसँगै उनलाई दैनिकी जीवनयापन र पसल भाडाको पिरलोले सताएको छ ।सरकारले लकडाउन लम्ब्याउने कुराले व्यवसायीको मनमा थप पिरलो थपिएको छ। तर दिनेशको मनले भने पिरलोसँगै शान्तिको श्वास पनि फेरिरहेको छ।घरधनीले चैत महिनाको भाडा नलिने सुनाएपछि उनको मनमा शान्ति छाएको हो । उनले बागमती गाउँपालिका वडा नम्बर ७ मा मोबाइल पसल संचालन गर्दै आएका छन् । खबर सुनेपछि आफू आश्चर्यचकित भएको उनले बताए ।उनी मात्रै होइन सोही घरमा होटल व्यवसाय संचालन गर्दै आएका बाबुराम गोले पनि भाडा मिनाहाको खबर पाएर मख्ख छन्।  “यस्ता मनकारी घरधनी पाउनु नै हाम्रो लागि ठूलो कुरा हो ।” उनले भने ।  त्यस्तै सोही घरमा पसल गर्दै आएका निर्मल हेल्थका प्रोपाइटर निर्मल तिमल्सिनाले पनि घरधनीले व्यवसायीहरुलाई लगाएको गुण अतुलनीय रहेको बताएका छन्।यसरी व्यवसायीलाई भाडा नलिने घोषणा गर्ने घरधनी हुन् बागमती गाउँपालिका वडा नम्बर ७ का राजकुमार श्रेष्ठ । डेरामा बस्नेहरूलाई डेराभाडा छुट दिएको समाचारहरू सार्वजनिक भएपनि व्यवसायीलाई भाडा छुट दिएको सम्भवत यो नै पहिलो पटक हो ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले व्यवसायमा समेत प्रभाव पारेको भन्दै उनले सटर भाडा मिनाहा गरेको बताएका छन् । उनले कोरोना संकटको सबै मिलेर सामना गर्नुपर्ने र एकअर्कालाई सहयोग गर्नुपर्ने बताए । "हामी मान्छे हौँ, दु:ख पर्दा एक अर्कालाई साथ दिन सिक्नुपर्छ।" उनले भने।यो पनि 

मनकारी अर्का घरधनी जसले दुई महिनाको घरभाडा छुट दिए

 

घरधनीले सटरको भाडा नलिने सुनाएपछि व्यवसायी आश्चर्यचकित

कोरोना भाइरस (कोभिड १९) को महामारीसँगै सरकारले घोषणा गरेको लकडाउनका कारण दिनेश रमौलीको मोबाइल पसल एकसातादेखि बन्द छ । पसल बन्द भएसँगै उनलाई दैनिकी जीवनयापन र पसल भाडाको पिरलोले सताएको छ ।

सरकारले लकडाउन लम्ब्याउने कुराले व्यवसायीको मनमा थप पिरलो थपिएको छ। तर दिनेशको मनले भने पिरलोसँगै शान्तिको श्वास पनि फेरिरहेको छ।

घरधनीले चैत महिनाको भाडा नलिने सुनाएपछि उनको मनमा शान्ति छाएको हो । उनले बागमती गाउँपालिका वडा नम्बर ७ मा मोबाइल पसल संचालन गर्दै आएका छन् । खबर सुनेपछि आफू आश्चर्यचकित भएको उनले बताए ।

उनी मात्रै होइन सोही घरमा होटल व्यवसाय संचालन गर्दै आएका बाबुराम गोले पनि भाडा मिनाहाको खबर पाएर मख्ख छन्।  “यस्ता मनकारी घरधनी पाउनु नै हाम्रो लागि ठूलो कुरा हो ।” उनले भने ।  त्यस्तै सोही घरमा पसल गर्दै आएका निर्मल हेल्थका प्रोपाइटर निर्मल तिमल्सिनाले पनि घरधनीले व्यवसायीहरुलाई लगाएको गुण अतुलनीय रहेको बताएका छन्।

यसरी व्यवसायीलाई भाडा नलिने घोषणा गर्ने घरधनी हुन् बागमती गाउँपालिका वडा नम्बर ७ का राजकुमार श्रेष्ठ । डेरामा बस्नेहरूलाई डेराभाडा छुट दिएको समाचारहरू सार्वजनिक भएपनि व्यवसायीलाई भाडा छुट दिएको सम्भवत यो नै पहिलो पटक हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले व्यवसायमा समेत प्रभाव पारेको भन्दै उनले सटर भाडा मिनाहा गरेको बताएका छन् । उनले कोरोना संकटको सबै मिलेर सामना गर्नुपर्ने र एकअर्कालाई सहयोग गर्नुपर्ने बताए । “हामी मान्छे हौँ, दु:ख पर्दा एक अर्कालाई साथ दिन सिक्नुपर्छ।” उनले भने।

यो पनि 

मनकारी अर्का घरधनी जसले दुई महिनाको घरभाडा छुट दिए

 

सम्बन्धित समाचारहरु

ताजा समाचार