#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605894636740530087372682804
नेपाल140161176219

बैंकको व्याज र किस्ता तत्कालका लागि स्थगन गर्न महासंघको माग

काठमाडौं
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्कालका लागि बैंकको व्याज र किस्ता स्थगन गर्न माग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको जोखिम बढेसँगै सरकारले चैत १० देखि २१ गतेसम्म देशभर सञ्चालित सार्वजनिक सवारीसाधन आवागमनमा रोक लगाएको थियो । सावरी साधन सञ्चालन बन्द हुँदा बैंकको किस्ता र व्याज तिर्न नसकिने उनीहरुको भनाइ छ ।

‘अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर यातायात क्षेत्रमा पनि परेको छ । व्यवसायीहरुले लाखौं रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर यातायात सञ्चालन गर्दै आएकाले व्यावसाय बन्द हुँदा बैकको किस्ता तथा व्याज तिर्न नसक्ने भएका छन् । यस्तो परिस्थितिमा कतिपय यातायातका साधनले समयमा राज्यलाई कर तिर्न, बीमा रकम भुक्तानी गर्न सकेका छैनन्’– महासंघका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘सरकारलाई तत्कालका लागि कागजपत्रमा जरिवना नगर्ने व्यवस्था र बीमा फेलको अवस्थालाई यथावत गर्दै सम्पूर्ण सवारी कागजातहरुमा लाग्ने जरिवना नलाग्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग आग्रह गर्दछु ।’

त्यस्तै, लकडाउनको समयमा अत्यावश्यक सामग्री ढुवानी गर्ने कर्मचारी, चालक र सहचालकले बाटोका पसल बन्द हुँदा खानासमेत खान नपाएको महासंघले जनाएको छ । सरकारले यातायात मजदूर, कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्न पनि महासंघले माग गरेको छ ।

सम्बन्धित समाचारहरु