#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605894636740530087372682804
नेपाल140161176219

लकडाउनको समय चैत २५ गते सम्म थपियो

काठमाडौं ।
सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ ।

आज कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय एक साता थप्न सरकारसँग अनुरोध गरेसँगै साँझ बसेको मन्त्रीपरिषद बैठकले लकडाउनको समय थपेको हो ।

दिउसो उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको समितिको बैठकले लकडाउनको समय थप्नु पर्ने निष्कर्ष निकालेको थियो ।

समितिले चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म पहिलो चरणमा गरिएको लकडाउनलाई थप गरी आगामी चैत्र २५ गतेसम्म कायम गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निष्कर्ष निकाले अनुरुप सरकारले पनि समय थपेको हो ।

यस्तै सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरु सबै क्षेत्रलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत तथा खाद्य संस्थानले बेच्ने दाल , चामल लगायतका दैनिक उपभाेग्य खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।

 

सम्बन्धित समाचारहरु