#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605894636740530087372682804
नेपाल140161176219

घर भाडा छुट दिन सरकारको आग्रह, घरबहाल कर मिनाहा हुने

काठमाडौं । सरकारले शहरमा कोठा भाडामा लिएर बस्नेहरुका लागि एक महिनाकाे घर भाडा छुट गर्न घरधनीलाई अनुरोध गरेको छ ।

आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई अनुरोध गर्ने र मिनाहा घर भाडाको घर बहाल कर सरकारले नलिने निर्णय गरेको छ ।

सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै लकडाउन अवधिमा निजि तथा सरकारी टेलिकम कम्पनीलाई डेटा प्याक र इन्टरनेटमा २५ प्रतिशत छुट दिन निर्देशन दिएको छ । नेपाल टेलिकमले लकडाउन अवधिमा इन्टरनेट र डेटा प्याकेज २५ प्रतिशत छुट दिने तथा निजि सेवाप्रदायकले पनि मिलाउने टेलिफोन र इन्टरनेटको फागुन र चैत महिनामा तिर्नुपर्ने शुल्क महशुल भुक्तानी २०७७ बैशाख मसान्तसम्म बुझाए बिलम्बबापत लाग्ने र अन्य शुल्क नलिने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचारहरु