#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605720036731230077402682148
नेपाल140161176219

राहत प्याकेज: एक महिनाको शैक्षिक शुल्क छुट, कर्मचारीलाई एडभान्समा तलब दिनुपर्ने

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरु सबै क्षेत्रलाई राहत प्याकेज घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका दैनिक उपभाेग्य खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले श्रमिकलाई २०७६ चैतको तलब एडभान्समा दिनुपर्ने, व्यवसाय संचालन नभएसम्म उक्त तलब प्रतिष्ठान कल्याणकोषको रकम प्रयोग गर्न पाइने निर्णय गरेको छ।

सम्बन्धित समाचारहरु