चीनले सुरु गर्‍यो विश्वकै तीव्र गतिको इन्टरनेट सेवा, एक सेकेन्डमा १५० एचडी फिल्म ट्रान्सफर गर्न सकिने

चीनले सुरु गर्‍यो विश्वकै तीव्र गतिको इन्टरनेट सेवा, एक सेकेन्डमा १५० एचडी फिल्म ट्रान्सफर गर्न सकिने


चीनले प्रतिसेकेन्ड १.२ टेराबिट अथवा १२ सय गिगाबिट (जीबी) डाटा प्रसारण गर्नसक्ने क्षमताको इन्टरनेट नेटवर्क बनाएको दाबी गरेको छ। चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सेर्नेट कर्पोरेसनले सार्वजनिक गरेको यो नेटवर्कले प्रतिसेकेन्ड १५० वटा फिल्म ‘ट्रान्सफर’ गर्नसक्ने बताइएको छ।

ब्याकबोन नेटवर्क भनिएको यो इन्टरनेटको अप्टिकल फाइबर केबल बेइजिङ, मुहान र ग्वाङ्झाउ जस्ता प्रमुख चिनियाँ सहर हुँदै विस्तार भएको छ। यसअघि त्यहाँ रहेका नेटवर्कको तुलनामा यो १० गुणा तीव्र भएको बताइएको छ।

गत जुलाईमै एक्टिभ भएका यी केबलहररू सोमबार मात्रै औपचारिक रूपमा सञ्चालन गरिएको बताइएको छ। हाल विश्वका धेरैजसो इन्टरनेट नेटवर्कहरूमा प्रतिसेकेन्ड १०० गिगाबिट क्षमता रहेको छ। 

Logo