उरुग्वेसँग अर्जेन्टिनाकाे हार

उरुग्वेसँग अर्जेन्टिनाकाे हार


विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ। शुक्रबार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो।

उरुग्वेको जितमा रोनाल्ड अराउजो र डरविन नुनेजले एक-एक गोल गरेका थिए। यो गत वर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो।

साथै विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो। ५ खेलमा १२ अंक हासिल गरेको अर्जेन्टिना हारपछि पनि अंक तालिकामा शिर्ष स्थानमा रहेको छ। त्यस्तै यो जितपछि उरुग्वे ५ खेलमा १० अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

Logo