कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर भारतकी महाजनले राखिन् विश्व कीर्तिमान

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर भारतकी महाजनले राखिन् विश्व कीर्तिमान


भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छन् ।

कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता गराएकी हुन् । यसअघि कालापत्थरमा महिला स्काइ डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो । महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गरेकी हुन् । न्यूजिल्याण्ड र अमेरिकाका दुई स्काइ डाइभरको रेकर्ड थियो ।

एकचालिस वर्षीय महाजन भारतको स्काइ डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छिन् । उनले भारतको प्रसिद्ध पद्यमश्री पुरस्रकार प्राप्त गरिसकेका छन् । 

‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गरेकाे कम्पनीले जनाएका अध्यक्ष सुमन पान्डेले जानकारी दिए ।

महाजनको रेकर्ड गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वल्र्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौँमा आयोजिक एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काइ डाइभ गरेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले विश्व रेकर्ड राखेकामा महाजनलाई बधाई दिँदै यस्ता साहसिक क्रियाकलापले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्काई डाईभर महाजनले लामो समयदेखिको आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा आफू सक्रिय रुपमा लाग्ने बताइन् । एभरेस्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डेका अनुसार एभरेस्ट स्काई डाईभ असाध्यै आकर्षक र साहसिक खेलको रुपमा चर्चित छ । चर्चित अन्तर्राष्ट्रिय मिडिया सिएनएनले जीवनभरमा गर्नुपर्ने साहसिकमध्ये स्काई डाईभलाई पाँच नम्बरमा राखेको छ ।

Logo