महामन्त्रीद्वयको अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछः गोकुल बास्कोटा

महामन्त्रीद्वयको अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछः गोकुल बास्कोटा


एमाले नेता गोकुल बास्कोटाले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडितलाई सेवा दिन नसकेको बताएका छन्।उनले काँग्रेस महामन्त्रीद्वयले प्रभावित क्षेत्रका पीडितका लागि बनाएको दुई घर प्रचारमै सकिएको व्यङ्ग्य गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडित जनतालाई समेत सेवा दिन नसकेको भन्दै काँग्रेसका महामन्त्रीद्वयले प्रभावित जिल्लाका पीडितका लािग बनाएको अस्थाई घरबारे ब्यङ्ग्य गरे। 

उनले लेखेका छन्,‘यति बलियो गठबन्धन सरकाकारले जम्मा दुई जिल्लाका भुईचालो पीडित जनतालाई समेत सेवा दिन सकेन।महामन्त्रीद्वयअर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ।’

त्यस्तै उनले सरकार भन्दा  नेपाली जनता बढी लोकतन्त्रवादी भएको उल्लेख गरेका छन्। ‘माघ लाग्न के आँट्याछ,सरकारलाई लावण्य देशको बुख्याँचाले तर्सायो रे! सरकार भन्दा लोकतन्त्रवादी जनता छन नेपालमा’बास्कोटाले लेखेका छन्।

Logo