#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व605231536728830096582675369
नेपाल140161176219

विरामी उपचार गर्न नमान्ने निजी अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं ।

सरकारले केही निजी अस्पतालले बिरामीलाई उपचार नगरेरै अन्त सिफारिश गर्ने गरेको भन्दै त्यस्ता अस्पताललाई कारबाही गरिने बताएको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो खबर आफूले थाहा पाएको बताउँदै त्यस्ता अस्पताललाई कारवाही गरिने चेतावनी दिएका हुन् । उनले ज्वरो बढी भएका बिरामीलाई राख्नका लागि चार पाँच आइसोसेलेशन बेड राख्न निजी अस्पताललाई भनिएको जानकारी पनि दिइ ।

‘‘ती अस्पतालले ज्वरो, रुघाखोकी लागेका सामान्य बिरामीलाई उपचार गर्दिन भन्न पाउँदैनन् । बढी ज्वरो आएको बिरामी र घर पठाउन नसक्ने खालका आए भने तिनलाई उनीहरुले अस्पतालमै राखेर उपचार गर्नुपर्छ ’’, उनले भने, ‘‘ अस्पतालमा राखेपछि सम्बन्धित व्यक्ति कोभिड–१९ को सङ्क्रमण भएको अवस्थामा उनीहरुलाई सरकारले तोकेको अस्पतालमा पठाउन भनेका छौँ ।’’

स्वास्थ्यमन्त्रीले कोरोना भाइरसविरुद्ध एकताबद्ध र साझा प्रतिबद्धता लिएर लडे मात्र नेपाल र नेपालीले विजय प्राप्त गर्न सकिने विश्वास दिलाए ।

थपिएको समय उच्च जोखिममा

उनले थप गरिएको बन्दाबन्दी (लकडाउन) समय उच्च जोखिमको अवधि रहेको बताए । उनले लकडाउनका अवधिमा विदेशबाट आएकामा मात्र कोभिड–१९ भाइरस सीमित रह्यो भने नियन्त्रण गर्न सहज हुने धारणा राखे।

‘‘यो भाइरस १४ दिनमा लक्षण देखाउँछ । अहिलेको लकडाउनले १४ दिनको अवधि पूरा गर्दछौँ । सो अवधिमा हवाइजहाज र स्थलमार्गबाट बाहिरबाट आएकालाई १४ दिनसम्म राख्दा तिनीहरुमा मात्र भाइरस सीमित रह्यो भने सहज हुन्छ । यो भाइरस झाँगिन नपाए जोखिमको खतराबाट सुरक्षिततिर (सेफ साइड) मा हामी फर्कने छौँ’’, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य ढकालले भने, ‘‘तर विदेशबाट आएका सक्रङ्मितसंँग घुलमिल भएका दाजुभाइ दिदीबहिनीलाई यो सङ्क्रमण बढ्यो भने झन् ठूलो भयावह स्थिति आउन सक्छ ।’’

स्वास्थ्यमन्त्रीले विश्वमा नै रोकथाम गर्न नसकिरहेका अवस्थामा नेपालमा पनि अहिल्यै रोकथाम गर्न सकिने भन्ने अवस्था नरहेको स्पष्ट गरे । उनले कोरोना अस्पतालमा निधन भएकाको पनि कोरानाको कारणले निधन भएर हल्ला फिँजाइएको छ भन्दै यस्तो खालको कुराले समाजमा आतंक र अविश्वास पैदा गर्ने बताए ।रासस

सम्बन्धित समाचारहरु