तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल


२०८० मंसिर ३ गतेदेखि मंसिर ९ गतेसम्मको राशिफल। 

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशि छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।  

साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्।

हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। हामीले दिएको उपाय गर्नु भयाे भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ। 

हेर्नुहोस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

मेष राशि 

मेष राशि हुनेहरुका लागि यो साता यात्रा सुखद रहनेछ र आम्दानीको अवसर मिल्नेछ।  शनिबार रातिदेखि तपाईंका लागि समय अनुकूल हुनेछ र समस्या समाधान हुन थाल्नेछ। आम्दानी बढ्नेछ।

पेशाको कुरा गर्दा व्यवसायमा सल्लाह लिएर काम गर्ने र जागिरमा कसैको विरोध नगर्ने बानि बसाल्दा राम्रो फल मिल्नेछ।यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ घृणि सुर्याय नमःको हरेकदिन ५१ पटक जप गर्दा राम्राे हुनेछ।  

बृष राशि

बृष राशि हुनेहरुका लागि यो साता गलत फेमीबाट बच्न परिवारसँग गुणस्तरीय समय बिताउनुर्पेछ। कडा परिश्रम गर्न जारी राख्नुहोस् र आफ्नो व्यक्तित्व विकास गर्नुहोस्।  आफ्नो बहुमूल्य वस्तुहरू सुरक्षित राख्नुका साथै सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला।

बढी काम र कम लाभको सम्भावना रहेको छ। पढाईमा थप मिहेनत गर्नुपर्नेछ। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि दिनमा एकपटक लक्ष्मी चालिसाको पाठ गर्दा राम्राे हुनेछ।

मिथुन राशि

मिथुन राशि हुनेहरुका लागि यो साता आम्दानी राम्रो रहनेछ। स्थायी सम्पत्तिमा अनावश्यक खर्च हुनेछ।  सन्तानबाट सुख मिल्नेछ।  बुधबार र बिहीबार नयाँ व्यापार विचारहरू सिर्जना गर्न सक्नुहुनेछ।

परिवारबाट पूर्ण सहयोग मिल्नेछ र मनोरञ्जनमा समय व्यतित हुनेछ। तपाईंको यात्रा सुखद रहनुकासाथै  कुनै पनि काममा आउने बाधाहरु समाप्त हुनेछन्।  यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि बिष्णु भगवानको नियमित पूजापाठ गर्दा याे साता राम्रो बित्ने छ।

कर्कट राशि

कर्कट राशि हुनेहरुका लागियो साता मानसिक स्वास्थ्य र व्यक्तिगत स्थानमा सकारात्मक प्रभाव पर्नेछ।  व्यक्तिगत जीवन जिम्मेवारीले भरिनेछ। आमाबाबुको ख्याल राख्नुका साथै आफन्तहरूसँग राम्रो सम्बन्ध बनाउनुहोला।  

वरिष्ठहरूलाई प्रभाव पार्न र पदोन्नतिको सम्भावना बढाउनको लागि सही समयमा कार्यहरू पूरा गर्नुहोस्। साताको प्रारम्भमा केही समस्या आउन सक्छन् र तपाईंको काम अलपत्र हुन सक्छ।   मन विचलित रहनेछ भने आम्दानी राम्रो रहनेछ।  यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रतेकदिन  ॐ नम शिवाय  मन्त्र जप गर्दा राम्राे हुनेछ। 

सिंह राशि 

सिंह राशि हुनेहरुका लागि यो  साता मंगलबार र बुधबार आम्दानीका मामिलामा अवरोध आउन सक्छ।  शत्रुहरूले समस्या सिर्जना गर्न सक्छन्।  बिहीबारदेखि समय तपाईंको अनुकूलमा हुनेछ। तपाईंको निर्णय सहि हुनेछ र परिवारबाट पनि सहयोग मिल्नेछ।

कार्यस्थलमा अनुकूल वातावरण रहनेछ।  शुक्रबार र शनिबार आम्दानीमा वृद्धि हुनेछ।  धार्मिक कार्यमा जाने अवसर मिल्नेछ। व्यवसाय यात्रा सफल हुनेछ र काममा लक्ष्य प्राप्ति हुनेछ। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हरेक बिहान ॐ नम शिवायको १०८ पटक जप गर्दा राम्राे हुनेछ। 

कन्या राशि

कन्या राशि हुनेहरुका लागि यो साता आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ। रोकिएका कामले गति लिनेछन्। अरूबाट सहयोग मिल्नेछ र नयाँ कामको प्रस्ताव पनि आउन सक्छ।

तपाईं केही ठूला लाभदायक योजनाहरूको हिस्सा बन्न सक्नुहुनेछ।शुक्रबार दिउँसोसम्म कुनै समस्या नआएपनि त्यसपछि कम आम्दानी र बेकारको श्रम हुनेछ। सावधानीपूर्वक काम गर्नुहोला। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागिॐ गण गणपताय नमःको नियमित एकमाला जप गर्दा यो साता राम्रो बित्ने छ।

तुला राशि 

तुला राशि हुनेहरुका लागि यो साता आम्दानीसँगै सहयोग मिल्नेछ।  धार्मिक कार्यमा रुचि बढ्नेछ र नयाँ  सवारी साधन किन्ने योग छ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ।बुधबार र बिहीबार परिवारबाट सहयोग मिल्नेछ र आम्दानी पनि बढ्नेछ।  

पदोन्नति हुने सम्भावना छ।  शुक्रबार र शनिबार कुनै विशेष समस्या नआउँला। यो हप्ता तपाईंले अरुलाई सहयोग गर्नुपर्ने हुनसक्छ। व्यापार क्षमता राम्रो रहनेछ र जागिरमा आवश्यकताभन्दा बढी काम हुनेछ।  यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि लक्ष्मी चालिसाको नियमित पाठ गर्दा राम्रो हुनेछ।

वृश्चिक राशि 

वृश्चिक  राशि हुनेहरुका लागि यो साता आम्दानीको कमी हुन सक्नेछ। घरबाट निस्कने बित्तिकै सवारी साधनको समस्या आउन सक्छ भने अनावश्यक खर्च हुनेछ।  मंगलबार चिन्ताजनक समाचार प्राप्त हुनेछ। बाधा अवरोध पनि आउनेछ। बुधबार शुभ रहनेछ र आम्दानीमा वृद्धि हुनेछ। समयमै काम सम्पन्न हुनेछ भने सहयोग पनि हुनेछ।  शुक्रबार र शनिबार सुख मिल्नेछ।

 बेरोजगारलाई रोजगारी मिल्नेछ र कामको खोजी पूरा हुनेछ। आफ्नो पेशामा ध्यान दिनुहोस् र तपाईंको व्यक्तिगत जीवनलाई फाइदा हुने कामका विकल्पहरू खोज्नुहोस्। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित पाठ गर्दा याे साता राम्रो बित्ने छ।

धनु राशि

धनु राशि हुनेहरुका लागि यो साता शान्ति,आनन्द, मानसिक स्थिरता र व्यावसायिक सफलताको लागि राम्रो रहेको छ। राम्रो अवसरहरू खोज्नुहोस्, आफ्नो क्षमताहरू प्रयोग गर्नुहोस् र पारिवारिक भावनाहरू बुझ्नुहोस् समय तपाईंको पक्षमा रहनेछ।  

कडा परिश्रम गर्नुहोस् आम्दानीमा पनि सुधार आउनेछ र अचानक धन प्राप्त हुन सक्छ।  यो साता तपाईंको बहादुरी उत्कृष्ट रहनेछ।  यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिवाय  मन्त्रको नियमित जप गर्दा र सोमबार भगवान शिवलाई जल चढाउँदा राम्राे हुनेछ।  

मकर राशि

मकर राशि हुनेहरुका लागियो साता परिवारमा सुख शान्ति छाउनेछ। सोमबार यात्राको सम्भावना रहेको छ।  मंगलबार राम्रो आम्दानी र सहयोग मिल्नुका साथै अरुबाट सम्मान मिल्नेछ। विवादमा विजय भइनेछ र आम्दानी राम्रो हुनेछ।

बिहीबार र शुक्रबार चिन्ता र आम्दानीको कमीले निराशा बढ्नेछ।  यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित एक पाठ गर्नुस् समय राम्रो बित्नेछ।

कुम्भ राशि

कुम्भ राशि हुनेहरुका लागि यो सातामा सकारात्मक भाग्य, विश्राम र व्यक्तिगत जडानको योग रहेको छ।  

परिवार र साथीहरूसँग समयको आनन्द लिनुहोस्, आध्यात्मिक पहिचान प्राप्त गर्नुहोस्, र राम्रो सम्बन्धहरू निर्माण गर्नुहोस् साता राम्रो बित्नेछ।  पेन्डिङ प्रोजेक्टहरू व्यावसायिक रूपमा पूरा गर्नुहोला।

सहकर्मीहरूसँग राम्रो सम्बन्ध राखेर  क्षमता विकास गर्दा राम्राे फल मिल्नेछ। कला र विज्ञानका विद्यार्थीले सफलता हात पार्नेछन्।यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित जप गर्दा राम्राे हुनेछ।

मिन राशि

मिन राशि हुनेहरुका लागि यो साता अरूसँग विवाद हुन सक्छ। व्यक्तिगत जीवनमा सन्तुलन कायम राखेर लक्ष्यमा केन्द्रित रहँदा सफल्ता हात पर्नेछ। सहकर्मीहरूबाट सावधान रहनुहोला।

मंगलबार साँझबाट समयमा सुधार हुनेछ। बुधबारदेखि हरेक काममा सफलतासँगै आम्दानी बढ्नेछ। परिवारमा इज्जत बढ्नेछ र जिम्मेवारी पनि बढ्नेछ।  बिहीबार र शुक्रबार काम बढी हुनेछ।  

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेवाय नमःको नियमित जप गर्दा यो साता राम्रो बित्ने छ। 

Logo