जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो

जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो


नेपालले चार देश सम्मीलित महिला टि-२० आई सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा जापानलाई ४५ रनले हराएको छ। जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन बनाएकाे हाे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ रन बनाएको थियो । नेपालको जितमा ओपनर पुजा महतोले ५१ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाइन् ।

जापानकी ओपनर अकारी निशीमुराले ५१ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन्। हिनासी गोटोले ३४ बलमा १ चौकासहित १६ रन बनाइन्। संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाखृनले समान एक विकेट लिए।

रोमा थापा १९ बलमा ३ चौकासहित २२ रन बनाउदै रन आउट भैइन् । नेपालले ओपनर सीता रानामगरलाई पाँच रनमा गुमाएको थियो । एरिका क्विइनको दोस्रो ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएकी थिइन्।

कप्तान इन्दु बर्मा २१ बलमा १ चौकासहित १२ रनमा क्याच आउट भैइन्। उनी आयुमी फुजिकावाको बलमा कियोबाट समातिन पुगेकी थिइन्। रुबिना बेलबासे १९ बलमा २ चौकासहित २१ रन बनाउदै रन आउट हुन पुगिन्।

यसअघि नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो। अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो।

Logo