विपिन जोशी गाजामा सुरक्षित

विपिन जोशी गाजामा सुरक्षित


गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। 

परराष्ट्र मन्त्रालयले विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको जानकारी दिएको छ। सचिवालय स्रोतले भन्यो, ‘उनी सुरक्षित रहेको पुष्टि भएको छ। अब सुरक्षित रुपमा घर फर्काउने प्रयास भइरहेको छ।’ 

हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएको कृषिफर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए। केही दिन अघिमात्रै विपिनको परिवारले उनको खोजी र सकुसल उद्धारका लागि पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेको थियो। 

Logo