#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व660645538855630245953193304
नेपाल2634102334290

क्वारेन्टाइनमा आत्मबल अभिवृद्धिका लागि योगाभ्यास (फोटोफिचर)

राजेश विके

बुटवल ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले निर्माण गरेको अस्थाई क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई बिहान साँझ योग तथा कराँते लगायतका अभ्यास गराउँदै आएको छ । क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिको आत्मबल उच्च बनाउन ती अभ्यासहरु गराउन थालिएको हो । अहिले यहाँको क्वारेन्टाइनमा नौ जना बस्दै आएका छन् । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक रुपमा गाउँकार्यपालिका सदस्य गोपाल विश्वकर्माले योग तथा कमल परियारले कराँतेको अभ्यास गराउँदै आएका छन् ।

दैनिक योगाभ्यासले मानिसको स्वास्थ्यलाई तन्दुरुस्ती बनाउनुका साथै मानसिक रुपमा बलियो बनाउन सहयोग गर्ने भएकोले क्वारन्टाइनमा रहेका व्यक्तिहरुलाई सकारात्मक सोचको विकास गर्न योगाभ्यास गराइएको सदस्य विश्वकर्माले जानकारी दिए ।

दैनिक योगाभ्यास मात्र नभई क्वारेन्टाइन निर्माण गरिएको लुम्बिनी ज्ञान निकेटन माध्यमिक विद्यालयको वरीपरी रहेको फोहोरको सरसफाई गर्नमा संलग्न गराई सकारात्मक कार्य गर्नमा उत्प्रेरित गराइएको गाउँकार्यपालिका सदस्य विश्वकर्माको भनाइ छ ।

कञ्चन गाउपालिका स्वास्थ्य शाखाका अहेव तथा अस्थाई क्वारेन्टाइनका सम्पर्क व्यक्ति विरबहादुर बरमलेले क्वारेन्टाइनमा रहेका सबै जनाको स्वास्थ्य सामान्य रहेको बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार