युरोकप छनौटमा अपराजित रह्यो पोर्चुगल

युरोकप छनौटमा अपराजित रह्यो पोर्चुगल


युरोकप छनौट अन्तर्गत पोर्चुगलले आइसल्याण्डलाई पराजित गरेको छ। गएराती सम्पन्न समूह जे को छनौटको अन्तिम खेलमा पोर्चुगलले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो।

पोर्चुगलको जितमा ब्रुनो फर्नानडेज र रिकार्डो होर्टाले एक- एक गोल गरेका थिए। योसँगै पोर्चुगलले युरोकप छनौटका सबै १० खेलमा जित हासिल गरेको छ। 

१० खेलमा ३० अंकसहित समुहमा पहिलो हुदै पोर्चुगल युरोकपका लागि छनौट भएको छ। यस समुहबाट स्लोभाकिया दोस्रो हुँदै युरोकपमा छनौट भएको छ। त्यस्तै आइसल्याण्ड भने १० खेलमा १० अंकसहित समूहमा चौथो भएको छ। 

Logo