नेपाली समाजमा धार्मिक द्वन्द्वको कुनै स्थान छैनः मन्त्री किराती

नेपाली समाजमा धार्मिक द्वन्द्वको कुनै स्थान छैनः मन्त्री किराती


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजमा धार्मिक, साम्प्रदायिक द्वन्द्वको कुनै स्थान नरहेको बताएका छन्। सोमबार ललितपुरमा आयोजित नेपाल संवाद शिखर सम्मेलन-२०२३ लाई सम्बोधन गर्दै उनले अहिले धार्मिक द्वन्द्वको कोसिस भए पनि सामाजिक एवं भौगोलिक बनावटको कारणले असफल हुने भन्दै नेपाली समाजमा धार्मिक र साम्प्रदायिक द्वन्द्वको कुनै स्थान नरहेको बताएका हुन्। 

उनले भने,‘नेपाली समाजमा धार्मिक एवं साम्प्रदायिक द्वन्द्वको कुनै स्थान छैन। विगतमा पनि त्यस्ता किसिमको कोसिस नभएका होइनन् तर म ठोकेरै भन्छु, नेपालको सामाजिक र भौगोलिक बनावटको कारणले यस्ता कोसिस पटकपटक विफल भएको छ। फेरि पनि कोसिस भइरहेको छ तर विफल हुन्छ।’

उनले देशको भौगोलिक र सामाजिक रुपले हेर्दा समुदाय समुदाय र सम्प्रदाय सम्प्रदायबीच द्वन्द्व हुने सम्भावना कम रहेको बताए। नेपालमा सबै धर्म सम्प्रदाय अल्पसङ्ख्यक रहेकाले कसैले पनि चाहेर अरुमाथी हिंसा मच्चाउन सक्ने स्थिति नरहेको उनको भनाइ छ। 

Logo