‘आचार्य’ नाम राखेर जुत्ता उत्पादन गर्ने कम्पनीविरुद्ध सीआईबीमा निवेदन

‘आचार्य’ नाम राखेर जुत्ता उत्पादन गर्ने कम्पनीविरुद्ध सीआईबीमा निवेदन


आचार्य बन्धु समाज नेपालले आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीलाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा निवेदन दिएको छ । 

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यले सोमबार महाराजगंजस्थित सीआईबीको कार्यालयमा पुगेर निवेदन दर्ता गराएका हुन् । समाजले आफूहरुको मानमर्दन गर्ने मनसायले चेरी स्निकर्स डट कमको नामबाट आचार्य लेखिएको लोगोसहितको जुत्ता उत्पादन गरिएको भन्दै आपति जनाएको हो । 

केही दिन अगाडिको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीविरुद्धमा सिआईबीमा निबेदन दिने निर्णय गरेको थियो ।

समाजले सामाजिक सञ्जालमा भाइरल हुनेगरी प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामग्रीमा आचार्यहरुको मानमर्दन हुनेगरी पत्ता लगाई तत्काल जुत्तामा राखिएको आचार्यहरुको थर हटाउन भूमिका खेल्न र थरकै अपमान हुनेगरी राखिएको हुँदा कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग गरेको  छ ।

Logo