सरकारले १६५ वटै निर्वाचन क्षेत्रमा मानवसेवा आश्रम बनाओस्ः उपाध्यक्ष मिश्र

सरकारले १६५ वटै निर्वाचन क्षेत्रमा मानवसेवा आश्रम बनाओस्ः उपाध्यक्ष मिश्र


राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सरकारले पटकपटक व्यक्त गर्ने गरेको प्रतिवद्धता पूरा हुनुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा–२०८०’ समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव सेवा आश्रमलाई व्यवस्थित बनाउने र त्यसम्बन्धी विधेयक तयार गरी संसदमा पेस गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्रीको उक्त प्रतिबद्धता प्रशंसायोग्य रहेको भन्दै नेता मिश्रले यस्ता प्रतिबद्धताहरु बारम्बार आउने गरेको तर पूरा नहुने समस्या रहेको भन्दै ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘समाज परोपकारी र राज्य कल्याणकारी नभइकन कुनै पनि देश सुसंस्कृत हुँदैन । अहिले जे जति प्रतिबद्धताहरु जनाइएको छ त्यसको लागि पैसाको आवश्यकता पर्छ, सांसद विकास कोषमा यो वर्ष सरकारले सबै तहमा गरेर झण्डै १७ अर्ब रुपैयाँ छुट्याएको थियो । त्यसलाई सर्वोच्च अदालतले रोकिदिएको छ । त्यो रकमलाई शीर्षक परिवर्तन गरेर चलाउन मिल्छ ।’

त्यस रकमबाट देशका सबै सांसदहरु निर्वाचन हुने १६५ वटा निर्वाचन क्षेत्रमा मानवसेवा आश्रम जस्ता पीडित मानिस हरेक आश्रममा सयजना बस्न पुग्ने गरी १६५ वटै आश्रम निर्माण गर्न सकिने भन्दै मिश्रले सबै क्षेत्रमा आश्रम निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

यस्ता आश्रमहरु निर्माण नगर्ने हो भने सरकारी अस्पतालमा ७ हजार डाक्टरहरुको माग रहेकामा त्यो १७ अर्बबाट ७ हजार डाक्टरलाई गाउँ गाउँ पठाउन सकिने उनले बताए । 

उनले भने, ‘त्यो पनि गर्न मन लागेन भने भने देशको सार्वजनिक शिक्षाको स्तर बढाउनु पर्यो, त्यसपछि खाना खाने बेला हात धुनुपर्छ र शौचालय बनाउनु पर्छ भनेर सिकाइ रहनु पर्दैन ।’

Logo