युरोकपमा छानिए २० वटा देश

युरोकपमा छानिए २० वटा देश


युरोकप २०२४ मा कुल २० देश छनौट भएका छन्। युरोपका २४ देशले भाग लिने युरोकपमा छनौट खेलबाट अब एक देश छनौट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन्।अब समूह डी बाट समुह चरणका अन्तिम खेल आज राति सकिएपछि आयोजकसहित युरोकपका २१ देश छनौट हुने छन्। 

युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदैछ। आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्याण्ड,समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका छन्।

त्यस्तै समूह डी बाट टर्की छनौट भएको छ भने अब अन्तिम खेलपछि क्रोसिया र वेल्स मध्ये एक देश सिधैं छनौट हुनेछ। त्यसैगरी समूह इ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समुह एफ बाटबेल्जियम र अस्ट्रिया छनौट भएका छन्। 

त्यसैगरीसमुह जी बाट हंगेरी र सर्बिया, समूह एच बाट डेनमार्क र सर्बिया, समुह आइ बाट रोमानिया र स्वीजरल्याण्ड तथा समूह जे बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन्। 

आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनौट हुन असफल भएको छ। समुह ए मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो। सिधैं छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो।

अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स/क्रोसिया, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन्।  

प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ। प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन्। 

Logo