आजकाे मौसमः तीनवटा प्रदेशमा हिमपातको सम्भावना

आजकाे मौसमः तीनवटा प्रदेशमा हिमपातको सम्भावना


देशका केही भू-भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।  विभागले कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

Logo