विदेशी शक्तिले काँध हालेको प्रचण्ड सरकारलाई आजैबाट फ्याँक्ने बाटोतिर लाग्छौँः सांसद सुनिल शर्मा [भिडियाेसहित]

विदेशी शक्तिले काँध हालेको प्रचण्ड सरकारलाई आजैबाट फ्याँक्ने बाटोतिर लाग्छौँः सांसद सुनिल शर्मा [भिडियाेसहित]


‘प्रधानमन्त्री, गृहमन्त्री तथा केही व्यक्ति र संस्था मिलेर जनता लुटिरहेका छन्, तमाम नेपालीहरुले अहिलेको राज्य संयन्त्रलाई हेर्ने दृष्टिकोण एउटै छ- अहिले आधुनिक राजनीतिक लुटेराहरुले यो मुलुक चलाइरहेका छन् ।’ यो भनाई हो नेपाली काँग्रेसका सांसद सुनिल शर्माको । मंगलवार विदेश भ्रमण गरी स्वदेश फर्किएका शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग समसामयिक विषयमा कुराकानी गर्दै उक्त अभिव्यक्ति दिएका हुन् । साथै उनले देशका अन्य समसामयिक मुद्धाहरुमा पत्रकारले राखेका प्रश्नहरुको जवाफ दिएका थिए । उनले गरेकाे संवादको सारांश- 

देशमा लगानीमैत्री वातावरणको खाँचो 

विश्व बजारमा व्यवसाय गरिहेका नेपालीहरुलाई, देशमा लगानी गर्ने वातावरण सिर्जना गर्ने हो भने अरबाैं रकम नेपाल भित्र्याउन सकिन्छ । उद्योग धन्दाहरु, कलकारखना, हाइड्रोपावरहरु प्रशस्त छन्। तर बाहिर रहेका नेपालीहरुको गुनासो भने देशमा पैसा भित्र्याउने वातावरण नै छैन भन्ने रहेको छ । त्यसका लागि आवश्यक कानून निर्माणको खाँचो छ ।

प्रधानमन्त्रीलाई अहिले विदेशी शक्तिले काँध हालेको छ, टिकीहाल्छु  भन्ने आँट छ । यस्ता धेरै विदेशी शक्तिलाई फेल खुवाउन सकिन्छ, नेपाली जनता मिलेको दिन ।

प्रधानमन्त्री, गृहमन्त्री नै जनतालाई लुटिरहेका छन्

प्रधानमन्त्री, गृहमन्त्री तथा केही व्यक्ति र संस्था मिलेर जनता लुटिरहेका छन्, तमाम नेपालीहरुले अहिलेको राज्य संयन्त्रलाई हेर्ने दृष्टिकोण एउटै छ- अहिले आधुनिक राजनीतिक लुटेराहरुले यो मुलुक चलाइरहेका छन् । हरेक राजनीतिक पार्टीमा अहिले सम्रान्त वर्गले राज्यको संयन्त्रलाई दोहन गरिरहेका छन्, उनीहरुले भूइँमान्छेको आवाजको सम्बोधन गरेका छैनन् । जसको उदाहरणः दसैंमा चिनीको अभाव देखाई कालोबजारी गरेर, प्रधानमन्त्रीको परिवारले अरबौंको चलखेल गरे । त्यसअगाडि नेपाल ग्यास डिपो किनेका प्रधानमन्त्रीका भान्जाले ग्याँसको मूल्य बढाएर, ६ अर्ब रुपैँया जनताको पकेटबाट लुट्ने काम गरियो। नेपालभित्र या बाहिर रहेका नेपालीहरुले देखिरहेका गतिविधि यही हो । अहिलेका प्रधानमन्त्री, गृहमन्त्री र कांग्रेसभित्रका केही व्यक्तिको मिलेमतोमा दूरदराजका आम–नागरिकको खल्तीबाट सिधै नमिले पनि घुमाएर लुटपाट गरिरहेका छन् । यो कार्य तत्काल बन्द हुनुपर्छ । देशबाहिर तथा भित्र रहेका सम्पूर्ण नेपालीको साझा माग यहीँ छ ।

अहिले आधुनिक राजनीतिक लुटेराहरुले यो मुलुक चलाइरहेका छन् । हरेक राजनीतिक पार्टीमा अहिले सम्रान्त वर्गले राज्यको संयन्त्रलाई दोहन गरिरहेका छन्, उनीहरुले भूइँमान्छेको आवाजको सम्बोधन गरेका छैनन् ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हाे 

संविधानको धारा १७ को उपधारा, १, २ र त्यसका परिच्छेदहरुलाई हेर्न हो भने हाम्री प्रजातान्त्रिक देशमा हामी काम गरिरहेका छौँ। हामी विपि कोइला, गणेशमान सिंहका अनुयायी हौं । सम्पूर्ण नेपालीहरुले आफ्ना आवाज, सडकदेखि सदनसम्म, गाँउदेखि सहरसम्म स्वतन्त्र ढंगले राख्न पाउँछन् । जुन शान्तिपूर्ण हुनुपर्छ, लोकतन्त्रको विकल्प अरु छैन, लोकतन्त्रको विकल्प लोकतन्त्रनै हो । तर अहिलेको परिस्थितिमा लोकतन्त्र भनिएपनि, नियन्त्रित लोकतन्त्रको रुपमा अभ्यास गरिएको छ । एउटा पार्टीको नेताले ४० वर्षसम्म पार्टी ओगटेर बसेको छ । एउटै व्यक्ति ६/७ पटकसम्म प्रधानमन्त्री, मन्त्री, सांसद भएका छन् ।

दुर्गा प्रसाईंका जायज माग सम्बोधन हुनुपर्छ 

दुर्गा प्रसाईंले भनेको जस्तो म व्यवस्था परिर्वतनको पक्षमा छैन् । तर यो व्यवस्थाभित्र भएका खराब मान्छेहरु, जसले देशमा लुटतन्त्र मच्चाएका छन् । आठ/दश परिवारले लुटेर, देशको अस्मितामाथि बलात्कार गरेर, गरिब जनताले तिरेको करको लुटपाट गरेर,विदेशी बैंकहरुमा पैसा राख्दै, परिवारवाद लादेर, जसरी देशको शासन, सत्ता चलाइरहेका छन्, यसको अन्त्य हुनुपर्छ । दुर्गा प्रसाईंका धेरै वटा कुराहरुमा मेरो समर्थन छ । उनले उठाएका जायज मागहरुको सरकारले सम्बोधन गर्नुपर्छ ।

दुर्गा प्रसाईंका धेरै वटा कुराहरुमा मेरो समर्थन छ । उनले उठाएका जायज मागहरुको सरकारले सम्बोधन गर्नुपर्छ ।

आफन्तमा लुप्त भएको सत्ता 

एउटै परिवारका छोरा,छोरी, ज्वाईं, ज्वाईँको ज्वाईँ, छोरीको मितिनी, परिवारका सबै सदस्य संसददेखि सरकारसम्म जाने, बाँकी रहेका कार्यकता टुलुटुलु हेरेर बस्नुपर्ने ? कुनै पनि नियुक्ति, सरुवा, बढुवा, स्वतन्त्र रुपमा भएका छन्, यो प्रथाको अन्त्य हुनुपर्छ ।

एकदिन प्रचण्डहरु लखेटिनुपर्छ 

यसका दुईवटा मोडलहरु छन्, चाँडै र ढिलो, एकदिन यस्तो दिन आउनेछ, जुन दिन प्रचण्डहरुले निर्वस्त्र भाग्नुपर्ने छ । संसारको अभ्यास पनि यस्तै छ, अपराधिक गतिविधिमा संलग्न भएर देश लुटेर बस्ने लुटेराहरुलाई  जनताले,जन विद्रोह गरेर हाम्रो खुल्लामञ्च जस्तोमा लगेर सिध्याइदिएका छन्, कि त परिवारका सदस्यसहित भागेका छन्, अस्ति श्रीलङ्कामा पनि देखियो। फ्रान्सेली आन्दोलनहरुमा पनि यस्ता तानाशाहहरुलाई जनताको जनविद्रोहद्धारा अन्त्य गरेका थिए । अर्काे तरिका चाहिँ हामी जस्तो सांसद, जसले संसदभित्रै सके सबैलाई एकताबद्ध गदैँ नसके त्यहीँभित्र विद्रोह गरेर, यीनिहरुको रबैयालाई अन्त्य गर्नुपर्छ । गणेशमान सिंह, विपी कोइराला, कृष्णप्रसाद भट्टराईका साथै हजारौं सहिदहरुले बगाएको रगत, सजिलै व्यवस्था परिर्वतन गर्छु, यो व्यवस्था सिध्याउँछु भन्न सजिलो छैन । तर देश लुट्ने फटाहरुको कुनै न कुनै तरिकाले अन्त्य हुन्छ, हुनुपर्छ ।

टिकटकमाथिको प्रतिबन्ध फ्लो टेस्ट मात्रै

टिकटकलाई प्रतिबन्ध लगाउनु यिनिहरुको सामान्य कुरा हो । टिकटकलाई लिएर यिनिहरुले फ्लो टेस्ट गरेका हुन् । ठूला मिडियाहरुले अतिरंञ्जित ढंगले, अर्थमन्त्रालय, सरकारसँग करोडौंका डिल गरेर, विज्ञापन लिएर, साना मिडियाहरुलाई दबाउने उनीहरुको प्रभावलाई कम गर्ने सकेसम्म बन्द गर्ने उदेश्यका साथ प्रतिबन्ध लगाएका हुन् । यसमा ठूला मिडियाहरुको पनि हात छ । प्रजातान्त्रिक देशमा सबैलाई बाँच्न पाउने निर्वाध रुपमा व्यवसाय गर्न पाउने, मिडियाहरुलाई सञ्चालन गर्न पाउने स्थितिमा पु-याउन आवश्यक छ । विस्तारै राज्यसँग विज्ञापन नलिईकन, राज्यको विपक्षमा बोल्ने, अनलाइन, युट्युब लगायतका साना मिडियाहरुमा अङ्कुश लगाउने काम हुन्छ । तर हामी सदनमा पास हुन दिदैनौँ । दर्ता, नियमन र राजश्व तिर्न आवश्यक छ । कुनैपनि व्यवसाय निवार्ध रुपमा सञ्चालन गर्न पाउँनुपर्छ ।

हजारौं सहिदहरुले बगाएको रगत, सजिलै व्यवस्था परिर्वतन गर्छु, यो व्यवस्था सिध्याउँछु भन्न सजिलो छैन । तर देश लुट्ने फटाहरुको कुनै न कुनै तरिकाले अन्त्य हुन्छ, हुनुपर्छ ।

 

जनयुद्धको हत्यालाई गुमनाम पार्नु हुँदैन 

तथ्यांकमा १७ हजार भनिएपनि १ लाख बढी व्यक्ति प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभावित भएको विषय हो । घरमा क्रियापुत्री बसिरहेको समयमा समातेर लगेर गोली हानेर मारिएको छ । प्रचण्डले सोच्नुभएको जस्तो मान्छे मारेको घटनालाई त्यतिकै छाड्दैनौँ । सर्वाेच्चमा मुद्दा जान्छ । यसलाई हामी गुपचुप सामान्य बनाउने कुरा हामी हुन दिदैनौँ ।

प्रधानमन्त्रीलाई विदेशी शक्तिले काँध हालेको छ 

प्रधानमन्त्रीलाई अहिले विदेशी शक्तिले काँध हालेको छ, टिकीहाल्छु  भन्ने आँट छ । यस्ता धेरै विदेशी शक्तिलाई फेल खुवाउन सकिन्छ, नेपाली जनता मिलेको दिन । आज रातिदेखि नै यो सरकार फाल्ने काममा लागिहाल्छौँ, अस्ति पूर्वाअञ्चलमा जस्तै, हरेक एक घण्टामा नयाँ समाचार सुन्नुहुन्छ । गन्न सुरु गरे हुन्छ, दसैँ-तिहार, छठ मनाउन दिने, आएपछि खेल सुरु गर्ने भनेको, अब सुरु भयो  । सरकार फ्याँल्ने हो ।

राहतमा राजनीति 

अहिलेको गैर-जिम्मेवार सरकारले सिन्डिकेट लगाएको छ । मैले अहिले त्रिपाल बोकेर गएँ भने बाँड्न दिँदैन । यो गलत कुरा हो । जसले जहाँबाट, जसरी सहयोग गर्न सक्छ, त्यो पाउनुपर्छ । उनीहरुले टेन्डरका लागि यो सब गरेका हुन् । अस्ति ओलम्पिक खेलाडीका ३ हजारको ड्रेसलाई १५ हजार हालेर ल्याएको जस्तो टेन्डर हाल्ने पैसा कमाउने भन्दा बाहेक यहाँ अरु कुनै उदेश्य नै छैन ।

हामीले चन्दा नदिएका ठूला पार्टी कम छन् । हामीले २५ वर्षको अवधिमा प्रचण्डदेखि धेरै पार्टीलाई चन्दा दिएका छौँ। चन्दा नदिए हामीलाई बाँच्नै दिँदैनन् ।

प्रजातन्त्रको विकल्प राजतन्त्र होइन 

अहिले नै राजतन्त्र फर्किहाल्छ जस्तो लाग्दैन । म नेपाली काँग्रेसको इमान्दार कार्यकता, सिपाही हुँ, पार्टीको आधिकारिक नीति र कार्यक्रम बाहिर गएर बोल्न मिल्दैन । व्यवस्थामा प्रजातन्त्रको विकल्प छैन। आधुनिक लुटेराहरुलाई नियन्त्रण गर्नुपर्छ । विगतमा जंगलमा बसेर डकैती गर्थे । अहिले जंगलमा बस्न छाडेर , परिष्कृत राजनितिक डकैती गरिहेका छन् । यस्ता पात्रहरुको अन्त्य गर्नुपर्छ । पात्र गलत हुन, व्यवस्था होइन ।

राजनीतिक दलले चन्दा नदिए व्यापारीलाई बाँच्नै दिँदैनन् 

जनताले गरेको जनविद्रोह मान्नैपर्छ, साच्चिकै ८० प्रतिशत नेपाली जनताले विद्रोह गर्छु भनेर लागि परे, १० करोड मात्र होइन जीवनभरको सम्पति दान दिन तयार छौँ । हामीले चन्दा नदिएका ठूला पार्टी कम छन् । हामीले २५ वर्षको अवधिमा प्रचण्डदेखि धेरै पार्टीलाई चन्दा दिएका छौँ। चन्दा नदिए हामीलाई बाँच्नै दिँदैनन् ।

सुन मात्र होइन अवैध लागूऔषध पनि ओसारप्रसार हुन्छ । यसका संरक्षकहरु, आधुनिक राजनीतिक लुटेराहरुलाई जनताले दबाउनुपर्छ । प्रधानमन्त्रीको छोरीको संलग्नता नै देखिएको छ ।

कोशी प्रदेशमा जस्तै खेल, बाग्मती र केन्द्रमा पनि खेल्छौँ 

कोशी प्रदेशमा काँग्रेसको भागमा आएको सिटलाई जर्बजस्ती माओवादीलाई दिन खोजिएको थियो, त्यसलाई हामीले रोकउ । हाम्रो मिसन सफल भयो ।शेखर कोइराला र हाम्रो गुठले राजनितिक रुपमा हामीले एमालेलाई धोका दिएको, हाम्रो धर्म कायम नगरेको देखियो । हाम्रो गतिविधिमा राजनितिक परिपक्कता देखिएन । तर सफलताको हिसाबले हामी पूर्ण भएउ । अब हामी बाग्मती र केन्द्रको खेलपनि छिट्टै सुरु गछौँ ।

सुन प्रकरणमा प्रधानमन्त्रीको छोरीको संलग्नता छ 

छिँडीमा सुताउनु अगाडि मैले सुन तस्करको विषयमा बोलेको होइन ? सदनमा, आज म यहीँ एयरपोर्टबाट नारायणकाजी, प्रचण्ड राज्य सत्तामा बसेर सरकार चलाएकाहरु लाई सोध्छु– सुन तस्करहरु पक्रेको खै ? तस्कर समात्न नसक्नेहरु आफैँ तस्करीका नाइके हुन‍्/होइनन् ? होइनन् भने तस्कर समात्नु पर्यो । यहाँबाट सुनमात्र होइन लागूऔषलगायतका अवैध लागूऔषध पनि ओसार–प्रसार हुन्छ । यसका संरक्षकहरु, आधुनिक राजनीतिक लुटेराहरुलाई जनताले दबाउनुपर्छ । प्रधानमन्त्रीको छोरीको संलग्नता नै देखिएको छ ।

भिडियाे-

 

Logo