युवा संघ र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज

युवा संघ र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज


काठमाडौँका दुई स्थानमा आज दुईवटा छुट्टाछुट्टै समूहले कार्यक्रम गर्दैछन्। 

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन्। 

दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको बल्खुमा प्रदर्शन हुँदैछ। विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने दुवै पक्षले तयारी गरेका छन्।  यस्तै युवा संघको नेतृत्वमा काठमाडौँको तीनकुनेमा प्रदर्शन हुँदैछ।

माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रदर्शन गर्न लोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो।  

Logo