बल्खु क्षेत्र अशान्तः युवा संघ र दुर्गा प्रसाईं नेतृत्व समूहबीच झडप [भिडियाेसहित]

बल्खु क्षेत्र अशान्तः युवा संघ र दुर्गा प्रसाईं नेतृत्व समूहबीच झडप [भिडियाेसहित]


नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनले बल्खु क्षेत्र अशान्त भएको छ । नारा जुलुस निक्लिन थालेपछि दुई पक्षबीच झडपको स्थिती बनेको बताइएको छ ।  सातदोबाटो तर्फबाट युवासंघका कार्यकर्ता बल्खुस्थित पुलमा पुगेपछि दुई समूहबीचमा ढुङ्गा हानाहान भएको हाे । 

झडपको स्थिती बनेसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ । 

तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेतसहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ भने प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

भिडियाेसहित- https://fb.watch/ouH-r2XDdY/

Logo