बल्खु तनावग्रस्तः प्रसाईंका समर्थकमाथि प्रहरीद्वारा अश्रु ग्यास प्रहार, एक जना गम्भिर घाइते

बल्खु तनावग्रस्तः प्रसाईंका समर्थकमाथि प्रहरीद्वारा अश्रु ग्यास प्रहार, एक जना गम्भिर घाइते


बल्खुमा भइरहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्व समूहको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रसाईंका समर्थकले ढुंगामुढा प्रहाार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो ।

अश्रु ग्यास प्रहार गर्दा एक जना गम्भिर घाइते भएको बताइएको छ ।उनलाई नजिकैको वयोधा अस्पतालमा भर्ना गरिएको छ । प्रदर्शनकारीहरूले ढुंगा, इँटाका टुक्रा फालिरहेका छन् । साथै उनीहरूले आन्दोलनमा प्रहरी दमन भएको आरोप लगाएका छन् ।

Skip This
Logo