दुर्गा प्रसाईं बौलायो, सरकारले उपचारको व्यवस्था मिलाओस्ः महेश बस्नेत

दुर्गा प्रसाईं बौलायो, सरकारले उपचारको व्यवस्था मिलाओस्ः महेश बस्नेत


एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईं समाप्त भएकाे बताएका छन्। नेता बस्नेतले प्रसाईं बौलाएको भन्दै उपचार गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई आग्रह गरेका हुन्। 

काठमाडौँको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रसाईंमाथि बैंक ठगेको र राजश्व छलेको आरोपमा गिरफ्तार गर्न समेत सरकारलाई आग्रह गरे।

‘आजबाट दुर्गा प्रसाईँ नामको अराजकता सदाका लागि समाप्त भएको छ,प्रसाईं बौलाएको हाे र गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतले उपचार गर्ने व्यवस्था मिलाउनुपर्छ’ 

उनले साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेको बताए। साथै उनले साम्राज्यवादीहरुले मुलुकलाई प्रयोगशाला बनाउन लागिएको बताए।  उनले आफ्नो कार्यक्रम बाघ र दुर्गा प्रसाईंको कार्यक्रम कुकुरजस्तो भएको प्रमाणित भएको भन्दै भोलिदेखि ठिक ठाउँमा बस्न चेतावनी दिए।

Logo