उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर, जनही दुई वर्ष कैद

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर, जनही दुई वर्ष कैद


त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ६ जना दोषी ठहर भएका छन्। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाको इजलासले आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर गर्दै जनही २ वर्ष कैद सजाय सुनाएको हो । दोषी ठहर हुनेमा नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर रहेका छन् । 

चलाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ।साथै प्रतिवादीहरुलाई जनही २० हजार रुपैयाँ जरिवानाको फैसलासमेत भएको छ । घटनामा सहयोगी रहेका भनिएका दिपकराज ओझालाई भने अदालतले सफाइ दिएको छ । 

Logo