काठमाडौँ मेडिकल कलेजले दुर्गा प्रसाईं पक्षधरका घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौँ मेडिकल कलेजले दुर्गा प्रसाईं पक्षधरका घाइतेको निःशुल्क उपचार गर्ने


गणतन्त्रको विकल्पको माग गर्दै दुर्गा प्रसाईंको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएकाको काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने भएको छ।

नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.सुनिलकुमार शर्मा सञ्चालक रहेको केएमसी अस्पतालमा घाइतेको निःशुल्क उपचार गरिने भएको हो।

व्यवस्था परिवर्तनका लागि भन्दै प्रसाईंको नेतृत्वमा काठमाडौँ उपत्यका केन्द्रित प्रदर्शन भइरहेको छ। बिहीबार दिउँसो काठमाडौँस्थित बल्खुमा भएको प्रदर्शनका क्रममा झपड हुँदा पाँचजना प्रहरीसहित २८ जना घाइते भएका थिए। 

झडपमा प्रहरीतर्फ पाँच जना र प्रदर्शनकारीतर्फ २३ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ घाइते भएकामध्ये १७ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। दअन्य ६ जनाको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। 

सांसद शर्माले दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनप्रति आफ्नो समर्थन नभई मानवीय दृष्टिकोणले आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गरिने बताए। उनले व्यवस्था परिवर्तन लागि नभइ देशमा मौलाएको भ्रष्टाचार, विकृति र कुशासनका विरुद्धमा आवाज उठाउनेप्रति आफ्नो एक्यबद्धता र समर्थन रहने बताए।

उनले यसअघि गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका परी घाइते भएकाको निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए।

Logo