#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व680138139666430964803308237
नेपाल2912112568333

‘सीमामा अलपत्र नेपालीलाई नेपाल सरकारले नै क्वारेन्टाइनमा राख्नु पर्छ’ : कांग्रेस नेता महत

काठमाडौँ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भारतबाट नेपाल फर्कने क्रममा सीमामा अलपत्र परेका नेपालीहरुलाई नेपाल सरकारले नै क्वारेन्टाइनमा राख्नु पर्ने बताएका छन् ।

आज सामाजिक संजाल फेस्बुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेस सहमहामन्त्री महतले यस्तो बताएका हुन् । उनले लक डाउनका कारण सीमामा अलपत्र परेका नेपालीहरुलाई भारतले क्वारेन्टाइनमा राख्दिए हुन्थ्यो भन्ने नेपाल सरकारको सोच गलत भएको तर्क गरेका छन् ।

उनले भनेका छन् , ‘हाम्रा नागरिकको देखभाल हामिले गर्नुपर्छ ।’ नेपाल भित्रको सीमानाका नजिकै क्वारेन्टाइनस्थल बनाएर अहिले सीमानाकामा अलपत्र परेकाहरूलाई क्वारेन्टाइनमा राख्न कांग्रेस सहमहामन्त्री महतले सरकारसँग माग गरेका छन् । कांग्रेस सहमहामन्त्री महतले नेपाल फर्कन आतुर नेपाली नागरिकहरु लुकि छिपी देशभित्र छिर्दा झन भोलि कोरोनाको संक्रमण फैलिन सक्ने चिन्ता समेत ब्यक्त गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार