काठमाडौँ प्रशासनले भन्यो- ‘दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन’

काठमाडौँ प्रशासनले भन्यो- ‘दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन’


जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ। दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको छ। 

बिहीबार (हिजो) राष्ट्रिय युवा संघ, नेपालले काठमाडौँको तीनकुने र महाअभियान, नेपाललाई बल्खुमा कार्यक्रम गर्न दिए पनि आज कसैलाई पनि कार्यक्रमको अनुमति नदिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्पष्ट पारेको छ। 

“काठमाडौँको तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ,” जिल्ला प्रशासन कार्यालय काठमाडौँले भनेको छ, “यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन।”

 

Logo