दुर्गा प्रसाईंकाे चेतावनी- अब सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जान्छाैँ

दुर्गा प्रसाईंकाे चेतावनी- अब सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जान्छाैँ


मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन् ।  

हिजोदेखि ‘ब्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईंले शुक्रबार घरमै पत्रकार सम्मेलन गरेर दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन् । ‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ उनले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।’ 

व्यवसायी प्रसाईंले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनुपर्ने बताएका छन । ‘आज यो आन्दोलनमा तपाईहरु आउनु भएन भने भोली तपाईंहरुको धनीपुर्जा पनि हुन्न ।’ उनले भने । 

नेपाल प्रहरीले आज घरबाट निस्कन नदिने नयाँ रणनीति बनाएपछि प्रसाईंले घरमै पत्रकार सम्मेलन गरेका हुन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियानको नेतृत्व गरिरहेका उनलाई उनकै भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको छ । आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उनले उद्घोष गरेका थिए । 

प्रसाईं नेतृत्व समूहले राजतन्त्र फर्काउने, बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै बिहीवार विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियाे ।

Logo