मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँट

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँट


मुक्तिनाथ कृषि कम्पनीले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको १ लाख ४० हजार कित्ता सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले जारी पूँजी ७० करोड मध्ये २० प्रतिशत अर्थात १४ करोड रकम बराबरको १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको र उक्त शेयर मध्येको १० प्रतिशत अर्थात १ लाख ४० हजार कित्ता सेयर प्रति शेयर १०० अङ्कित दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।  

आइपीओमा कुल ३१ हजार १९६ जनाले आवेदन दिएकामा २ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले कात्तिक १० गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर बिक्री गरेको थियो । 

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ नतिजा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको वेबसाइट र मेरो सेयर एपमार्फत हेर्न सकिनेछ । 

Logo